काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ब्राजिलमा आयोजना हुन लागेको ‘वन प्लानेट नेटवर्क फोरम – २०२४’ लाई सम्बोधन गर्ने भएका छन् ।

यही सेप्टेम्बर १२ – १३ गरी दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा भाग लिन मन्त्री ठकुरी मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका छन् । मन्त्री ठकुरीले सेप्टेम्बर १३ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ब्राजिलको रियो द जेनेरियोमा आयोजना हुन लागेको सो कार्यक्रममा उहाँको टोलीसँग मन्त्रालयका सहसचिव मेघनाथ काफ्ले पनि सहभागी भएका छन् ।
संयुक्त राष्ट्र संघ अन्तर्गतको संस्था यूनेप र ब्राजिल सरकारको संयुक्त आयोजनामा हुन लागेको सो कार्यक्रमको न्यायोचित तथा दीगो भविष्य निर्माणका लागि जलवायु परिवर्तन लगायतका प्राकृतिकजन्य संक्रमण अवस्थालाई सम्बोधन गर्न सरकार, नीजि क्षेत्र, नागरिक समाजलगायतका सरोकारावालाहरुकाबिच सहकार्य र समझदारी विकास गर्ने उद्देश्य राखिएको छ ।
सो कार्यक्रममा सर्कुलर इकोनोमि (भूमण्डलीय अर्थतन्त्र) को महत्व र त्यसले दीगो विकास लक्ष्य हासिल गर्नका लागि खेल्ने भूमिका बारेमा छलफल हुने तथा संसारभरका सफल ज्ञान तथा अवधारणाहरुको आदान प्रदान गरिने कार्यक्रम रहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गतिशिल अर्थतन्त्र बनाई रणनीतिक उपयोग र उत्पादनका नीतिहरुलाई प्रभावकारी कार्यान्वयन र विकास गर्ने सम्बन्धमा अन्तराष्ट्रिय स्तरका समझदारी गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको हो ।
नेपालका तर्फबाट मन्त्री ठकुरीले सो कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । सो कार्यक्रममा सर्कुलर इकोनोमि (भूमण्डलीय अर्थतन्त्र) को महत्व र त्यसले दीगो विकास लक्ष्य हासिल गर्नका लागि खेल्ने भूमिका बारेमा छलफल हुने तथा संसारभरका सफल ज्ञान तथा अवधारणाहरुको आदान प्रदान गरिने कार्यक्रम रहेको छ ।
मन्त्री ठकुरी भदौ ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।