काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल दिगो विकास लक्ष्यहरूका लागि दृढ रहेकोले ती लक्ष्यहरु प्राप्तिका लागि नेपाललाई आवश्यक सहयोग गर्न विश्व समुदायलाई आह्वान गरेका छन् ।
ब्राजिलमा आयोजना भइरहेको वन प्लानेट नेटवर्क फोरमको मन्त्रीस्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले नेपाल विश्व समुदायसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताए । जलवायु परिवर्तन लगायतका समस्याबाट नेपाल बढी जोखिममा पर्दै गएकोले नेपाललाई सहयोग र सहकार्य गर्न विकसित मुलुकसँग आग्रह गरे ।
नेपालका राष्ट्रिय निकुञ्जहरू जैविक विविधतामा निकै धनी छन् र नेपाल घुम्न आउने पर्यटकमध्ये झण्डै ५० प्रतिशत भन्दा बढी यिनै राष्ट्रिय निकुञ्जहरूमा आउने गरेको छन् ।
सम्बोधनका क्रममा मन्त्री ठकुरीले हिमाल बचाउनु विश्व समुदायको दायित्व भएको बताए । हिउँ र हिमाल विश्वकै सम्पदा भएकोले यसको संरक्षणका लागि विश्व समुदाय नै सम्वेदनशिल हुनुपर्ने उनले जोड दिए । मन्त्री ठकुरीले हिमालका बग्ने नदी नालाबाट नेपालले जलविद्युत् उत्पादन गरेर स्वच्छ ऊर्जाको विकास गरिरहेको बताए । उनले स्वच्छ ऊर्जा उत्पादनका लागि हिमाल ठूलो स्रोत भएको पनि बताए ।
मन्त्री ठकुरीले नेपालमा २३ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ताले वन, वन्यजन्तु संरक्षण गरिरहेको बताए । जसले गर्दा विश्व वातावरण स्वच्छ राख्न अहम् भूमिका खेलेको पनि उनले बताए ।
सबै ठूला विकास आयोजनाहरूले वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधानले आदिबासी जनजाती र स्थानीय समुदायको अधिकारको रक्षा गर्न र वातावरणमा नकारात्मक प्रभावहरूको सुरक्षा गर्न मद्धत पुगेको
मन्त्री ठकुरीले सम्बोधनका क्रममा भने, ‘‘नेपालका राष्ट्रिय निकुञ्जहरू जैविक विविधतामा निकै धनी छन् र नेपाल घुम्न आउने पर्यटकमध्ये झण्डै ५० प्रतिशत भन्दा बढी यिनै राष्ट्रिय निकुञ्जहरूमा आउने गरेको छन् । जसबाट हुने आम्दानीको ३० देखि ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति मार्फत खर्च गर्ने गरिएको छ । यसले संरक्षणमा स्थानीय समुदायको अपनत्व बढेको छ ।’’
नेपाल सरकारले दिगो विकास लक्ष्यको आकांक्षा प्राप्त गर्न सबै खालका प्रयासहरु गरिरहेका बताए । मन्त्री ठकुरीले सम्बोधनका क्रममा भने, ‘‘विगत केही दशकहरूमा हामीले मानवीय र सामाजिक विकासमा उल्लेख्य प्रगति गरेका भए पनि बहुआयामिक गरिबी, संरचनात्मक अवरोध, हिमाली भूभौतिक विशेषताहरू र जलवायु परिवर्तनका हानिकारक प्रभावहरूले नेपाल आक्रान्त भइरहेको छ । जसले गर्दा समावेशी र दिगो विकासका लागि गम्भीर चुनौतीहरु खडा भइरहेका छन् ।’’
दिगो उपभोग र उत्पादनका लागि नेपाल सरकारले ‘रिजेनेटिभ इकोनोमिक्स’लाई जोड दिइरहेको छ भन्दै मन्त्री ठकुरीले सम्बोधनका क्रममा नेपाल सरकारले विकास आयोजनाहरूमा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, स्वच्छ ऊर्जा उत्पादन, फोहोरको न्यूनीकरण र पुनः प्रशोधन, इकोसिस्टमको पुनस्र्थापना र वातावरणीय तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिदै आएको बताए ।
सरकार, लगानीकर्ता विकासकर्ता र उपभोक्ता वातावरणमैत्री र सामाजिक समस्याप्रति संवेदनशील हुनुपर्ने
हाल नेपालले अवलम्बन गरेका जैविक खेती, साना सिँचाइ, मल्चिङ, माटोे प्रयोगशाला परीक्षण आदिका लागि किसानहरूलाई प्रोत्साहन गर्न कृषि नीतिहरू सकारात्मक रहेको पनि बताए । दिगो कृषि र खाद्य सुरक्षाका लागि वन्य फलफूल र उत्पादनहरूको संरक्षण र उपयोग, जैविक खेती, कृषि वन अभ्यास र कृषि जैविक विविधता संरक्षण लगायतका क्षेत्रमा नेपालले काम गरिरहेको बताए ।
सबै ठूला विकास आयोजनाहरूले वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधानले आदिबासी जनजाती र स्थानीय समुदायको अधिकारको रक्षा गर्न र वातावरणमा नकारात्मक प्रभावहरूको सुरक्षा गर्न मद्धत पुगेको मन्त्री ठकुरीले बताएका छन् ।
दिगो उत्पादन र उपभोगमा न्यायोचित सङ्क्रमणलाई बढावा दिन गरिब, सीमान्तकृत र स्थानीय समुदायलाई अनुकूल नीतिहरूको साथमा प्रोत्साहनात्मक उपायहरू चाहिने उनले बताए । यसका लागि सरकार, लगानीकर्ता विकासकर्ता र उपभोक्ता वातावरणमैत्री र सामाजिक समस्याप्रति संवेदनशील हुनुपर्ने समेत मन्त्री ठकुरीले सम्बोधनका क्रममा बताए ।