काठमाडौँ । नेपालकथा डटकम अनलाइनले गत असोज १६ गतेको अंकमा बाढी पहिरोको समाचार प्रकाशन गर्दा समाचारसँगै असावधानिवस सामाजिक सञ्जालमा भेटिएको तस्विर प्रयोग भएको घटनाप्रति क्षमायाचना व्यक्त गरेको छ ।
सो तस्विर प्रयोग भएको विषयलाई लिएर तस्विर खिच्ने व्यक्तिले प्रेस काउन्सिल नेपालमा सो तस्विर आफ्नो भएको दावी प्रस्तुत गरेपछि यस अनलाइनले क्षमायाचना प्रकट गरेको हो ।
सो तस्विरका बारेमा काउन्सिलले दिएको निर्देशनलाई पालना गर्दै तस्विर समाचारबाट हटाएको छ । नेपालकथा अनलाइनको असावधानिवस तस्विर खिच्ने व्यक्तिमाथि पर्न गएको असुविधाप्रति नेपालकथा परिवारले क्षमायाचना गर्दै आगामी दिनमा यस्ता घटना नदोहोरिने र पत्रकार आचारसंहिता पालना गर्ने कुरा प्रतिवद्धता व्यक्त गरेको छ ।