१८ बुँदे घोषणापत्र जारी गरि सम्पन्न भयोे वन सम्वर्धन सम्मेलन

काठमाडौँ । दीगो वन व्यवस्थापनका कार्यक्रमसहित १८ बुँदे घोषणा पत्र जारी गरी दोस्रो राष्ट्रिय वन सम्वर्धन गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले वनको वैज्ञानिक व्यवस्थापन विना मुलुक समृद्धितिरको बाटोमा जान नसक्ने भएकोले वनको दीगो व्यवस्थापनका लागि वैज्ञानिक पद्धती अवलम्बन गर्न पनि उद्घोष गरेको छ ।


यस अघि सुरु गरिएको वैज्ञानिक वन व्यवस्थापन सैद्धान्तिक रुपमा ठिक भएको र वैज्ञानिक वन व्यवस्थापनका नाउँमा नकारात्मक टिकाटिप्पणी धेर्र उठिसकेकोले वनको दीगो व्यवस्थापन गर्नका लागि वैज्ञानिक पद्धती अपनाउने र व्यवस्थापन पद्धतीका खास कुनै कार्यक्रमका नाउँले वन व्यवस्थापनमा अलमल गर्न नहुने पनि प्रतिवद्धता जनाइएको छ ।


शनिबार र आइतबार गरी दुई दिनसम्म काठमाडौँको बुढानिलकण्ठमा आयोजना भएको गोष्ठीले सो घोषणापत्रलाई गोष्ठीको प्रतिवद्धता पत्र नाम दिइएको छ । राष्ट्रिय वन, सामुदायिक वन, दीगो वन व्यवस्थानप सम्बन्धी विद्यमान ऐन, कानून, कार्यविधि, मापदण्ड, निर्देशिकालाई आत्मसात गर्दै प्रभावकारी कार्यान्वयन गर्ने र वनको वैज्ञानिक तरिकाले दीगो वन व्यवस्थापन गर्न हतार नगर्ने र ढिला पनि नगर्ने कुरालाई मूलमन्त्र मान्ने प्रतिवद्धता व्यक्त गरेको छ ।


समृद्धिका लागि वन अवधारणालाई सार्थक तुल्याउन २०८२ देखि २०९१ को अवधिलाई वन व्यवस्थापन दशक घोषणा गर्ने नेपाल सरकारको कदमलाई स्वीकार गरी देशभर विस्तार गर्ने प्रतिवद्धता पनि गोष्ठीले व्यक्त गरेको छ ।


त्यसैगरी आन्तरिक वन पैदावारको उत्पादनलाई वृद्धि गरी त्यसको विक्री वितरणलाई सरल पार्ने र आल्मुनियम जस्ता वस्तुलाई प्रतिष्पथापन गर्ने, आन्तरिक खपत बढी भएको काठको निर्यातलाई प्रवर्धन गर्ने कुरा पनि घोषणा पत्रमा समेटिएको छ ।


प्रदेशस्तरका वन प्राविधिकहरुले वन क्षेत्रभन्दा बाहिरका काममा पनि समय दिनुपर्ने भएकाले आफ्नो प्राविधिक ज्ञान वन व्यवस्थापनमा लगाउन नसकिइरहेको अवस्थामा वन संगठनको संस्थागत संरचनामा वन व्यवस्थापनमैत्री बनाउन पुनरावलोकन गर्ने प्रतिवद्धता गोष्ठीबाट सार्वजनिक गरिएको छ ।


वन व्यवस्थापनमा गुणस्तर अभिवृद्धि गर्न मौजुदा जनशक्तिले मात्र सेवा प्रवाह गर्न नसकिने र बाह्य क्षेत्रका वन प्राविधिकहरुको सहयोग लिनु पर्ने भएकाले सेवामा गुणस्तर कायम गर्न नेपाल वन प्राविधिक परिषद गठनका लागि पहल गर्ने प्रतिवद्धता पनि गोष्ठीले गरेको छ ।
(गोष्ठीको प्रतिवद्धता पत्र)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here