काठमाडौँ । जेनजीहरुको यही भदौ २३ र २४ गते भएको दुई दिने आन्दोलनमा सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालय र बबरमहलस्थित मन्त्रालयका मातहतका सबै विभाग सुरक्षित रहेका छन् ।
यद्दपी बबरमहलको मूल सडक तर्फ साइनबोर्ड राखिएको रेड कार्यान्वयन केन्द्रमा भने तोडफोड र आगजनी भएको छ । केन्द्रका काजगपत्र र सामान जलेर नष्ट भएका छन् ।
सिंहदरबारस्थित वन मन्त्रालयका रहेको भवनमा केही नभएको भएपनि मन्त्रालयको आँगनमा राखिएका सवारी साधनहरु भने जलेर नष्ट भएका छन् । मन्त्रालय परिसरमा राखिएका कुनै पनि सवारी साधन बाँकी रहेका छैनन् ।
आन्दोलतकारीले देखिने गरी मूल सडकतिर साइनबोर्ड राखिएको रेड कार्यान्वयन केन्द्र आन्दोलनको निशाना बन्यो, जसले आन्दोलनकारीले केन्द्रमा आगजनी गरेका छन् भने भित्र पसेर सामान पनि लुटेका छन् ।
केन्द्रमा झयालका सिसा फुटेका छन् । कार्यालय भित्र रहेको सामानहरु लुटपाट भएको छ । कार्यालयमा राखिएको फ्रिज लुटेराले सडकमा लगेको भएपनि बोक्न नसकेर छाडिदिएका थिए । पछि वन परिसरभित्र सुरक्षित राखिएको त्यहाँ बस्ने कर्मचारीले बताएका छन् ।
वन परिसर भित्र शसस्त्र प्रहरीको क्याम्प पनि रहेको छ । आन्दोलनकारीले शसस्त्र प्रहरी बसेको थाहा नपाएर त्यहाँ नछिरेको वन परिसरमा बस्ने एक कर्मचारीले जानकारी दिए ।
उनले भने, विशेष अदालतमा आक्रमण हुने बित्तिकै यहाँका शसस्त्र प्रहरीले हतियार एउटा कोठामा लुकाएर सादा पोशाकमा भाग्न खोजिरहेको थिए तर त्यो जत्थाले यहाँ शसस्त्र बस्छ भन्ने थाहा पाएन । हामी पनि निकुञ्ज विभागतर्फ लुकेर बस्यौँ । हामीले लुगा कपडा ब्यागमा हालिसकेका थियौँ ।
तस्विरहरु : आगजनी भएको रेड कार्यान्वायन केन्द्र र अरु सुरक्षित भवन






