काठमाडौँ, माघ १४ गते । पोलियोका कारण अपाङ्गता हुनुभएका बेगबहादुर तामाङले आफ्नो मोटरसाइकल विहान कलेज जान र घर फर्कनको लागि मात्र प्रयोग गर्नुहुन्थ्यो ।
व्यवस्थापन विषयमा स्नातक पहिलो वर्ष अध्ययरत उहाँ त्यसमा पेट्रोल राख्न पनि घरबाट पैसा माग्नु पर्ने अपाङ्ताका कारण कतै काम पनि गर्न सहज थिएन । उहाँले भन्नुभयो, ‘म निकै निराश थिएँ । साथीहरूबाट लिफ्ट दिएर पनि पैसा कमाउन सकिन्छ भन्ने थाहा पाएँ । तुरुन्त ‘पठाउ प्राइभेट लि’ मा बुझ्न गएँ । मनमा डर थियो आफू अपाङ भएका कारण काम पाइन्छ – पाइँन्दैन भन्ने । तर, त्यसो भएन । त्यहा त कुनै मालिक र कामदार नहुँदो रहेछ ।’ आफू नै मालिक, कमाएजति आफ्नै, तामाङले हर्षित हुँदै भन्नुभयो ।
एप्प कसरी चलाउने, गुगल म्याप हेर्ने तरिका र लिफ्ट दिँदाको ध्यानमा राख्नुपर्ने कुरा साधारण तालिमबाट सिकेपछि अहिले दैनिक रूपमा नौ जना सम्मलाई लिफ्ट दिइरहेको उहाँले जानकारी दिनुभयो ।
तामाङको दैनिक आठ सय रुपियाँसम्म आम्दानी हुन्छ । त्यसमा इन्धन र फोनको खर्च कटाएर छ सय रुपियाँसम्म बचत हुन्छ । यो काम थालेपछि कलेजको शुल्क र आफ्नो पकेट खर्च आफ्नै आयले पु¥याइरहेको उहाँले जानकारी दिनुभयो ।
बेगबहादुर मात्र होइन अन्य अपाङ्गता भएको व्यक्तिलाई राम्रो रोजगारीको माध्यम बनेको छ ‘मोटरसाइकल ट्याक्सी’ वा लिफ्ट कल्चर ।
तीन वर्ष अघि भारतीय नाकावन्दीबाट सुरु भएको लिफ्ट कल्चरबाट पाठ सिकेर व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ एप्स’ बनाएपछि अपाङ्गता भएका ब्यक्ति, युवादेखि वृद्धसम्मलाई रोजगारी र सहज यातायातको साधन बनेको छ ।
यस्ता मोटरसाइल ट्याक्सी प्रयोग गर्नेलाई प्रहरीले कारबाही सुरु गरेपछि यसबाट लाभान्वित धेरैमा निराशा छाएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पछि अवरोध हट्यो ।
।
यस्तै महिला बाइक राइडर गङ्गा छन्त्यालले पनि आफ्नो मोटरसाइकलमा लिफ्ट दिँदै आउनुभएको छ उहाँले दैनिक १२ जना सम्मलाई गन्तव्य पु¥याइदिनुहुन्छ । महिला त्यसमाथि अपाङ्गता भएको व्यक्ति सुरुमा काम गर्न धेरै समस्या भयो उहाँले सम्झनुभयो, “शुरुमा महिलालाई हेर्ने यो समाज जहिल्यै त्यस्तै हो । यस्तो महिलाले पनि हामीलाई कसरी पु्¥याइदिन्छ भन्ने गर्थे ।
‘एकपटक बसेर त हेर्नुस् अनि भन्नुस्’ भन्थे । सहजै गन्तव्यमा पु¥याएपछि उनीहरू छक्क परेर प्रशंसा गर्न थालेको छन्त्यालको अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘‘सजिलै गन्तब्य सम्म पु¥याइदिँदा सबैले सम्मान पूर्वक हेर्छन् । कसैले भने टिप्स पनि दिएर जान्छन् । ’’
पठाओ नेपालका निर्देशक अशिममानसिँ बस्न्यात अपाङ्ता भएका व्यक्तिले पनि अरू सरह काम गर्न सक्छ भन्ने सन्देश दिनको लगि एप्प मार्फत जोडेको बताउनुहुन्छ ।
‘‘पठाओ मार्फत लिफ्ट दिने इच्छा भएर आएपछि हामीले पनि उहाँहरूलाई केही तालिम दिएका थियौँ । अहिले हामीसँग अपाङ्गता भएका आठ जना हुनुहुन्छ ,’’बस्न्यातले जानकारी दिनुभयो ।
अपाङ्गता भएको ब्यक्तिबाट सेवा लिने ग्राहकको अहिलेसम्म कुनै उजुरी नआएको दाबी गर्दै उहाँ भन्नुहुन्छ,‘‘ विस्तारै चलाउने भएकाले झन ‘सेफ राइड’ भएको प्रशंसा गरेका छन् । उहाँले बाइकमा चढ्ने वित्तिकै ३० रुपियाँ र एक किलोमिटर कुदेपछि १५ रुपियाँ थप्दै जाने जानकारी दिनुभयो ।
बस्न्यातका अनुसार हप्तामा एक दिन आफ्नो गाडी नचडी बाइबाट लिफ्ट लिन प्रोत्साहित गर्ने गरी ‘ह्यास ट्याग एउटा गाडी कम’ अभियान नै चलाएका छौँ । जसले दैनिक हुने ट्राफिक जाममा केही सुधार आउने अपेक्षा छ । हप्तामा एक दिन आफ्नो गाडी नचलाई सबैले लिफ्ट लिने हो भने राइडरहरूलाई पनि प्रोत्साहित हुने र ट्राफिक जाममा पनि केही सुधार आउने छ ।
जाउलाखेल ह्विलचियर खेलकुद क्लबका अध्यक्ष भरत बीसीले पठाउका बाइक राइडर (चालक) लाई पनि लिफ्ट कल्चरले रोजगारी दिएकोे जानकारी दिँदै थप्नुभयो,‘‘ यही कामले आज म स्नातकोत्तर पढाइ सुरु गर्न सक्ने भएको छु ।’’
‘‘चारपाङ्ग्रे भएकोले अलि विस्तारै गुड्छ तर हामी पनि कोहीभन्दा कम छैनौँ,’’ बीसी थप्नुभयो,‘‘ समाजमा अपाङ्गता भएकै कारण धेरै हेपाइ खाएँ तर केही गरेर समाजमा नाम कमाउने इच्छा छ ।’’