१२ वर्षमा १२ मन्त्री फेरिए, बल्ल सव स्टेशन बन्यो

सल्यान । १२ वर्षपछि खोला नि फर्किन्छ भन्ने उखाना सल्लानमा चरितार्थ भएको छ । सल्यानको सव स्टेशन निर्माण हुन १२ वर्ष लागेको छ । यो १२ वर्षमा १२ मन्त्री फेरिए निर्माण हुने भनिएको मितिबाट हालसम्मका १२ औँ ऊर्जा मन्त्री वर्षमान पुनले सो सव स्टेशनको उद्घाटन गर्न भ्याएका छन् ।

दाङको तुलसीपुर सव स्टेशनबाट तुलसीपुर कपुरकोट शितलपार्टी ३३ केभि सव स्टेशन सञ्चालनमा आएपछि सल्यानको विद्युत समस्या सुधार हुने र गुणस्तरीय विद्युत् आपूर्ति हुने विश्वास लिइएको छ ।

२०६४ असार १५ निर्माण प्रारम्भ गरिएको शितलपाटी सव स्टेशन सञ्चालनमा आएसँगै सल्यानका ९ हजार र रुकुममा ३ हजार बिजुली उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने छन् । सव स्टेशन २ करोड ९३ लाख, ५३ हजार रुपियाँको लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here