नयाँ वर्षमा बागमतीमा मोटरबोट

काठमाडौँ । नयाँ वर्ष २०७६ सालको सुरुवातसँगै आइतबारबाट रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन हुन लागेको छ ।

सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भइसकेको छ । अब सोही जलमार्गमा अर्थात् बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट (ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बैसाख १ गतेबाट ११ सिट क्षमताको मोटरबोट सञ्चालन हुने जानकारी दिएका छन् ।

उनका अनुसार तत्काल भाडामा ल्याइएको मोटरबोट सञ्चालन हुने र पछि केन्द्र तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै बोट सञ्चालन गरिने योजना गाउँपालिकाले बनाएको छ । मोटरबोटको सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरकै पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको उहाँले गर्नुयभो ।

हाल चितवनको नारायणी नदीमा सञ्चालित ११ सिट रहेको मोटरबोटलाई नै बागमतीमा लगेर सञ्चालन गरिने बताइएको छ । सो जलमार्ग २० लाख रुपियाँ खर्च गरेर निर्माण गरिएको घलानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here