ससुराको नाउँमा बाटो राखेर लाखौँको बजेट विनियोजन

चरीकोट । दोलखाको सैलुङ गाउँपालिकाको गाउँसभाले गाउँपालिकाभरिका सडक, बाटोघाटोको नाउँ आफन्तको नाम जोडेर बजेट विनियोजन गरेका छन् ।

यही असार १० को नवौँ गाउँसभाले गाउँपालिकाका मुख्य सडक, खानेपानी आयोजना, पार्क र वृद्धाश्रमको साविकको नाम परिवर्तन गरेर स्थानीय राजनीतिक दलका नेता, वडाध्यक्ष र जनप्रतिनिधिका आफन्तका नाममा नामकरण गरेपछि जिल्लाभरी विवाद उत्पन्न भएको हो ।

गाउँपालिका उपाध्यक्ष लालमाया योञ्जनको गाउँ जाने सडकलाई उनका ससुराका नाममा नामकरण गरेर १० लाख रुपियाँ बजेट विनियोजनस्तरोन्नतिका लागि बजेट छुट्याइएको छ ।

पूर्वगाविस अध्यक्षसमेत रहेका एमाले नेताहरू गुणबहादुर बुढाथोकी, धनबहादुर तामाङ र थिरबहादुर मोक्तानका नाममा वृद्धाश्रम र सडकको नामकरण गरी रकम छुट्याइएको छ ।

गाउँपालिकाका आठ जना वडाध्यक्षका नाममा विभिन्न सडकको नामकरण समेत गरी बजेट विनियोजन गरिएको छ ।

कार्यपालिकाको बैठकले सर्वसम्मत रूपमा सडक र अन्य आयोजनाको नाम परिवर्तन गरी सभाबाट पारित गरेको दावी गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here