नवलपुर । कोरोना त्रास र जोखिमले देश आक्रन्त भैरहेको बेला पुर्वी नवलपरासीको दुर्गम पहाडि क्षेत्रमा निर्माणाधिन काली गण्डकी कोरीडरमा कार्यरत ११ सय मजदुर घर जान नपाएर ६ दिनवाट अलपत्र परेका छन् ।
त्यस खण्डको बुलिंटार गाउपालिका वडा नम्बर ६ को गौडामा कार्यरत सल्यानका मजदुर सन्तोष राउतले आफु सहित १५० मजदुर गौडामा एकै ठाउमा अलपत्र परेको टेलिफोनमा जानकारी दिए । उनि गाउकै खुमबहादुर गिरी (पेटी ठेकेदार) ले लिएर आएर २ महिनादेखि काम गर्दै आएको र हाल अलपत्र परेको जानकारी दिए । उनले २ महिनादेखि तलब समेत नपाएको सुनाए । उनको टोली ४० नम्बर खण्डमा कार्यरत छन । त्यहा कामदारलाई हरेक एक किलोमिटर भित्र दुरीकालाई एउटा नम्बर दिने चलन छ ।
आफुहरु जस्तै सल्यान , प्यूठान , रोल्पा , रुकुम , जाजरकोट , भोजपुर, दैलेख , इलाम , संखुवासभाका मजदुर अलपत्र परेको उनले जानकारी दिए । त्यस खण्डका कल्सल्टेन्ट इन्जिनियर रोहित भटराइले धेरै कामदार अलपत्र परेको र उनिहरुको कठिनाई भोगिरहेको जानकारी दिए । पठाउने प्रयासमा ठेकेदारहरु पनि छन् गाउगाउका सडकमा स्थानियले रुख ढालेर आवतजावत बन्द गरेका कारण उनिहरुलाई महेन्द्रराजमार्गमा झार्न गाडि पठाउन नपाएको जानकारी दिए ।
शनिवार १४८ मजदुरलाई पठाइएको र अन्यलाई ठेकेदारहरुले जिल्ला प्रशासन कार्यालय संग समन्वय गरेर पठाउने प्रयत्न भैरहेको जानकारी पाएको सुनाए । मजदुरहरु कोरोनाको त्रास र जोखिमा छन । उनिहरुमा पैसा नपाएको पिरलो त छदैछ कोरोनाको त्रास पनि उत्तिकै छ । घरपरिवारको सदस्यहरुको अबस्थाकाबारेमा चिन्तित छन ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारीले त्यहा मजदुरहरु अलपत्र परेको र खानपिनमा समेत अभाव हुन लागेको जानकारी पाएको र उद्धारको काम थालिएको टेलिफोनमा बताए । ठेकेदार कम्पिनीले उनिहरुलाई कम्तिमा पनि घरसम्म पुग्न र खाना खादा लाग्ने रकम दिन पर्ने आदेश गरेको बताए । उनिहरुलाई केहि पकेट मनि पनि बुझाउनासाथ गाडि पठाउने र सडक खुलाउने काम भैहाल्ने जानकारी दिए ।
उनिहरुलाई त्यहा बसुन्जेल पनि ठेकेदारले नै खाने बस्ने ब्यबस्थागर्न अह्राएको उनले सुनाए । ‘सकेसम्म आज सम्मको भुक्तानी पुरै दिनु भनेको छु । यदी त्यसमा समस्या छ भने उनिहरुलाई घरसम्म पुग्ने पैसा दिनै पर्ने छ’ घिमिरेले भने ।
कालिगण्डकी कोरिडरको गैडाकोट डेढगाउ खण्ड ( पुर्वी नवलपरासीमा पर्ने) मा ७५ किलोमिटर लम्बाइ पर्दछ । राजधानीका अनुसार सडक खण्डको ठेक्का पाएको भारतिय इकेके इन्फ्रा स्ट्रक्चार लिमिटेडले नेपाली धेरै पेटि ठेकेदारलाई फरक फरक खण्डमा काममा लगाएको हो ।