हेटौँडा । शिवम् सिमेन्ट उद्योगले आफ्ना शेयर धनीलाई रु ६९ करोड ४७ लाख बराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ ।
सो उद्योगको बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले लाभांश वितरण गर्ने बताइएको छ । उद्योगका सचिव लेखनाथ अर्यालका अनुसार आर्थिक वर्ष २०७४/०७५ को मुनाफा रकममध्येबाट उद्योगको चुक्ता पूँजी रु चार अर्ब ४० करोडको प्रतिशेयरको दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।