चक्रवाती आधी ‘फानी’ ले शुक्रवार बिहान भारतको ओडिशा राज्य को धार्मिक नगरी पुरी मा करिब ८ जनाको ज्यान गएको छ ।
बंगाली भाषामा ‘फानी’ को अर्थ ‘सांप को फन’ हुन्छ । मूसलाधार बर्षा को कारण ओडिशा को धेरै क्षेत्र पानी मा डुबेको छ । त्यहाका वरिष्ठ अधिकारिहरुको अनुसार फानी मा अहिले सम्म कम्तीमा ८ जनाको ज्यान गएको छ र धेरै संख्यामा घाईते भएका छन र यो संख्या निरन्तर बढ्दैछ ।
भारतको ओडिशामा ताण्डब मचाए पछि ‘फानी’ अब पश्चिम बंगालको क्षेत्रमा प्रवेश गरेको त्यहाका संचार माध्यमले जनाएको छ । मौसम को एस्तो ब्यवहारले गर्दा त्यस क्षेत्रको सम्पुर्ण उडान तथा रेल सेवा बन्द गरिएको छ ।
मौसम विभागको सुचना र चेतावनी प्रकाशित गरे अनुसार ‘फानी’ शनिवार बिहान पश्चिम बंगाल मा पुग्ने छ । यस चक्रवातले कम्तीमा ९० किलोमीटर प्रति घंटाको रफ्तार ले त्यस क्षेत्रमा आक्रमण गरेको त्यहाका संचारमाध्यम ले जनाएको छ । ‘फानी’को डर ले अहिले सम्म ११ लाख जनतालाई सुरक्षित ठाउमा सारिएको छ । ती सबैलाई ४ हजार भन्दा बढी शिविरमा राखिएको छ ।






























