कर नबुझाउने करदातामाथि कानूनी कारवाही

लहान। आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार गरी कानूनी कारवाही प्रक्रिया अघि बढाएको आन्तरिक राजश्व कार्यालय लहानका निमित्त प्रमुख कर अधिकृत ललितनारायण यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार भ्याटमा दर्ता भएका दुई हजार ३२६ करदाताले लामो समयदेखि कर नबुझाउँदा रु १४ करोड ११ लाख ९ हजार ४२७ राजश्व उठाउन बाँकी छ । यस्तै आयकरमा दर्ता भएका करदाताबाट रु दुई करोड ६७ लाख राजश्व उठन नसकेपछि कानूनी कारवाही अघि बढाइएको यादवले बताउनुभयो ।

यसैगरी आन्तरिक राजश्व कार्यालय लहानले चालू आर्थिक वर्ष २०७५/७६ को नौ महीनाको अवधिमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । चालू आव २०७५/७६ को चैत मसान्तसम्ममा रु एक अर्ब ५४ करोड १७ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा कार्यालयले सो अवधिमा रु एक अर्ब ६६ करोड ८५ लाख ६ हजार राजश्व सङ्कलन गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here