पाल्पा बुटवल सडक बन्द हुने

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडक चार दिनका लागि बन्द हुने भएको छ । सडकखण्डको चिडिया खोलादेखि दोभानसम्म शनिबार देखि आंशिकरुपमा सडक बन्द गरिने भएको हो ।
भौगर्भिक सर्भेक्षणका लागि आजदेखि चार दिनसम्म तीन किलोमिटर सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदार नेपालले जानकारी दिनुभयो । स्वीट्जरल्याण्ड सरकारको सहयोगमा सुरुङ् निर्माण अध्ययनका लागि दुई महीनादेखि यस सडकको सर्भेक्षण गर्ने काम भइरहेको छ ।
माघ २६, २७ र २८ गते बिहान ९ बजेदेखि १० बजेसम्म, ११ बजेदेखि मध्यान्ह्न १२ बजेसम्म, दिउँसो २ बजेदेखि ३ बजेसम्म, ४ बजेदेखि ५ बजेसम्म आंशिक रुपमा सडक बन्द हुनेछ । माघ २९ गते बिहान ९ बजे देखि ९ः३० सम्म, १०ः३० देखि ११ बजेसम्म, मध्याह्न १२ बजेदेखि १२ः३० सम्म, दिउँसो २ः३० देखि ३ बजे र ४ बजेदेखि ४ः३० बजेसम्म सडक बन्द गरी सर्भेक्षण गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here