डिभिजनल वन अधिकृतसहित २० विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । डिभिजन वन कार्यालय, हेटौंडा, मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हादप्रसाद धितालसमेत २० जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समुदायिक वनको काठ अवैधानिक रुपमा कटानी गरी २० लाख भन्दा बढी रकम बाँडेर खाएको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

साविक धियाल– २ हालको बकैया गाउँपालिका वडा नम्बर २ मा रहेको ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मर्दन सिं थिङसहित ठेकेदार, वन समिति र वन कार्यालयसमेतको मिलेमतोमा अवैधानिक रूपमा १११५४।४९ हजार क्यू फिट काठ कटानी आदेश दिएका थिए।

अन्नपुर्णका अनुसार उनीहरूले १५० भन्दा बढी सालका हरिया रूख काटी गोलिया हिनामिना गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ। १ करोड ५८ लाख ७० हजार राष्ट्रिय वनभित्रको वन पैदावार कटान गरी हानीनोक्सानी पुर्‍याएको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

कसविरुद्ध कति बिगो रु

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here