नेपाल ल्याउन खोजेको २४ किलो सुन पक्राउ

काँकडभिट्टा । भारतको पश्चिम बंगालस्थित सिलीगुडीबाट २४ किलो सुनसहित ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

म्यानमारको मोरे बोर्डरबाट भारत भित्र्याइएको सुन भारतको मणिपुरदेखि गुहाटी, कुचिविहार, जलपाईगुढीहुँदै सोमबार राति सिलीगुड़ी ल्याइएको सुन बरामद गरेको भारतीय प्रहरीले जनाएको छ।

उक्त सुन भारतीय भुमी हुँदै नेपाल ल्याउन खोजेको हुनसक्ने भारतको डाइरेक्टर अफ रिवेन्यू इन्टलेजिन्स (डीआरआई) को टोलीले आशंका गरेको छ। नेपालको काकँडभिट्टा बोर्डरदेखि सिलीगुडीको दूरी २८ किलोमिटर मात्र रहेको र भारतको मुख्य सहरमा बिक्री नगरी सिलीगुडीसम्म सुन ल्याइपुर्‍याएकाले नेपालतर्फ लैजान लागेको होकी भन्ने डीआरआईको आशंका छ।

सुनसहित पक्राउ पर्नेमा भारत मणिपुर इम्फाल निवासी २२ वर्षीय मोहम्मद नुमन, सोही ठाउँका २४ वर्षीय मोहम्मद लुकमान, २९ वर्षीय हफीज मिसबाहुद्दीन, ४१ वर्षीय मोहम्मद जमील अहमद, २७ वर्षीय मोहम्मद दाउद अहमद र २८ वर्षीय मोहम्मद वसीम खान रहेको पश्चिम बंगाल पुलिसले जानकारी दियो।

सोमबार राति सिलीगुड़ी बद्र्धमान रोडस्थित विशाल मेघा मार्ट नजिकै तीनवटा बसबाट उनीहरुलाई २४ किलो सुनसहित पक्राउ गरेको प्रहरीको भनाई छ। बरामद गरिएको सुनमा २० वटा एक/एक किलो र २५ वटा ४।१२५ किलोग्रामको बिस्कुट रहेको छ। जसको भारतीय कुल मुल्य ८ करोड बढी पर्छ।

पक्राउ परेका ६ जनालाई सुनसहित मंगलबार सिलगुढी अदालतमा पेश गरिएको छ। सिलगुढीबाट उनीहरुले सुन नेपाल पुर्‍याउने कि भारतीय बजारमै खपत गर्ने तयारी गरिरहेको विषयमा अनुसन्धान भइरहेको मिजोरमका प्रहरी महानिरीक्षक एलएच शान्लियानाले बताए।

अन्नपुर्णका अनुसार नेपालको प्रदेश १ का अधिकांश सुन पसलमा नेपाल बैंकले बिक्री गरेको भन्दा बढी सुन खपत भइरहेको विभिन्न समयमा गरिएको अनुसन्धानले देखाइरहँदा भारतीय भूमिको प्रयोग गरेर सिलीगुडी आइपुगेको सुन नेपालनै भित्रने होकी भन्ने आशंका भारतीय पुलिसमा छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here