मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा

ताप्लेजुङ । ताप्लेजुङ स्थति तमोर नदीबाट उत्पादन गर्न लागीएको ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्धुत आयोजनाको निमाण कार्यले तीव्र गत लिएको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जिनियरिङ प्रालिका अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महिना अघी बाट निर्माण थालएिको हो ।

निर्माण शुरु भएको छोटो अवधीमा नै २७७ मिटर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मिटर सुरुङ मार्ग निर्माण पूरा भएको छ भने ३०२ मिटर सुरुङमार्गमध्ये २८० मिटर पूरा भएको छ । यस्तै आयोजनाको हेडवर्क्सका लागि समेत आवश्यक संरचना निर्माण पनी अघी बढेको छ । यी संरचना फुङ्लङि नगरपालकिामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मित्लुङमा निर्माण भइरहेको हो । चिनीया निर्माण व्यवसायी कम्पनी झिझोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको निर्माण गरिरहेको हो ।

आयोजना निर्माणको गतिलाई हेर्दा निर्धारित समयमा नै सकिनेमा विश्वस्त रहेको आयोजनाका प्रमुख डा मणिराज पोखरेलको भनाइ छ । नेपाली इञ्जिनियरले डिजाईन गरेको र निजी क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताउनुभयो । कूल रु १२ अर्ब बराबरको लागतमा निर्माण हुने सो आयोजनामा २५ प्रतिशत स्वलगानी र ७५ प्रतिशत सातवटा बैंकको लगानी हुने जनाइएको छ । आयोजनाको मुख्य संरचना मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ र फक्ताङलुङ गाउँपालिका–१ सावादिनमा रहने आयोजनाले जनाएको छ ।

यस्तै फुङलिङ नगरपालिकाको फुरुम्बुस्थति मित्लुङमा ५० मटिर लम्बाइ र ११ मटिर उचाइको बाँध निर्माण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मिटरको सुरुङमार्फत खोक्लिङको थुम्बाबेँसीमा पुर्‍याइनेछ । यस आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालकिाको ढुङ्गेसाँघुमा निर्माण हुने सवस्टेशनमा पुर्‍याई राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो ।

सुरुमा ५४ मेगावाट वद्यियुत उत्पादन गर्ने गरी प्रक्रिया अघी बढे पनी पछी १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लाग प्रक्रिया अघी बढ्दै गर्दा निर्माण क्षेत्रमा प्राकृतकि प्रकोपको जोखिम देखिए पछी हेडवर्क्स परिवर्तन भएसँगै १९ मेगावाट थप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here