सिमकोट हिल्सा सडक चाडै चल्ने, डेढ कि मि मात्र काम बाँकी

सिमकोट । कर्णाली करिडोर अन्र्तगतको सिमकोट-हिल्सा सडक आयोजनाको काम अब डेढ किलो मिटर मात्र निर्माण गर्न बाँकी रहेको छ ।

सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले कामलाई तिव्रता दिएपछि सडक निर्माण कार्य नै अन्तिम चरणमा पुगेको हो ।

सिमकोट हिल्सा सडकको कुल लम्बाई मध्य अब साढे एक किलो मिटर मात्र सडक निर्माण गर्न बाँकी रहेको र त्यसमा पनि निर्माण कार्य भइ रहेको उक्त सडक आयोजनाका योजना प्रमुख शशांक मिश्रले बताउनु भयो । सो खण्डको कुल लम्बाई ९५ किलो मिटर रहेको छ ।

सबै भन्दा जटिल पार्टका रुपमा रहेको च्याछरा भीरको कडा चट्टान फुटाउने प्रारम्भिक काम पनि अन्तिम चरणमा रहेकोले यही आर्थिक वर्षमा सो सडकको निर्माण कार्य पुरा हुने उहाँले बताउनु भयो । च्याछरा र हेक्पा खोला देखि च्याछरा खण्डको ताक्रु खोलामा पनि काम मेशीन र विष्फोट गर्ने काम एकसाथ भइ रहेकोले पनि काममा तिव्रता आएको उहाँले बताउनु भयो । आयोजनाले अनुगमनको पाटो पनि तिव्र पारेको छ ।

भरसक जेठ महिना भित्र नभए यो आर्थिक वर्ष भित्र च्याछराको भीर फुटाउने काम सम्पन्न गर्ने सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि तेज बहादुर महतले बताउनु भयो । भीर फुटाउने काम करिब फाईनल भए पनि त्यसलाई मिलाउन बाँकी रहेकोले त्यसलाई पनि विष्फोट तथा मेशीनबाट काम तिव्र पारिएको उहाँले बताउनु भयो ।

यता सिमकोट हिल्सा सडक खण्डको कुल मध्य ५८ किलो मिटर सडकको विस्तार गर्ने कार्य पनि सम्पन्न भएको प्रमुख मिश्रले बताउनु भयो । ती खण्डमा आठ मिटर सडक चौडा पारिएको छ । बाँकी साढे पाँच किलो मिटर बाहेक अन्य सबैमा विस्तारका लागि टेण्डर आहवान भएर निर्माण कार्य भइ रहेको उहाँले बताउनु भयो । अब उक्त खण्डको चार स्थानमा पुल निर्माणका कार्य भने बाँकी रहेको छ ।

गोरखापत्रका अनुसारचार मध्य तीन वटा पुलको निर्माणका लागि टेण्डर आहवान भइ सकेको छ भने एक वटाको प्रकृयामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here