उपराष्ट्रपतिले दिए एक महिनाको तलब

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

उनको स्वकीय सचिवालयमा कार्यरत अरु कर्मचारीका तर्फबाट आधा महिनाको तलब दिने बताइएको छ । उपराष्ट्रपतिका विज्ञ सल्लाहकारहरुले आधा महिनाको तलब, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सोसरहको कर्मचारीबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सोसरहको कर्मचारीबाट पाँच दिन बराबरको तलब दिने भएको कुरा उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here