नेपालमा वीच्याट र अलि पे प्रतिबन्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालभित्र वी च्याट तथा अलि पे लाई डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

नेपाल राष्ट्र बैंक बाट बिना स्विकृती नलीएर अन्तर्राष्ट्रिय भुक्तानी गर्ने जुनसुकै भुक्तानी प्रणालीको प्रयोग गर्न पाईदैन र राष्ट्र बैंकबाट स्वीकृति लिएको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

अहिले चिनियाँ पर्यटकले व्यापाक उपयोग गर्ने वीच्याट, अलि पे र अन्तर्राष्ट्रिय भुक्तानी सञ्जालमा आवद्ध क्युआर कोडको प्रयोगमासमेत रोक लागेको छ । त्यस्तै स्वीकृति लिएका संस्थाकोबाहेक अन्य प्वाइन्ट अन सेल ९पीओएस० प्रयोग गरी भुक्तानी गर्न पाइने छैन ।

नेपाल आउने चिनियाँ पर्यटकले सबैजसो भुक्तानी वीच्याट र अलि पेमार्फत् गर्ने गरेको पाइएपछि केन्द्रीय बैंकले अनुगमन थालेको थियो । पर्यटक नेपाल आएपनि उनीहरुले गर्ने खर्च भुक्तानी दिने डिजिटल प्लेटफर्म अलि पे र वीच्याट भएपछि पर्यटनको आय मुलुकमा नभित्रिएको राष्ट्र बैंकको निष्कर्ष छ ।स्वीकृति दिएका भुक्तानी प्रणाली र संस्थाकाबाहेक अन्य डिजिटल प्लेटफर्म प्रयोग गरे गैरकानुनी ठहर्छ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसमा विदेशी विनिमय अपचलनको कसुरमा कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here