तीन दशकपछि कालोपत्रे हुदै वुडर जोगबुढा सडक

डडेल्धुरा । डडेल्धुराको वुडर जोगबुढा सडक निर्माण शुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम शुरु भएको छ ।

डोटी वुडरदेखि डडेल्धुराको जोगबुढासम्मको ३० किलो मिटर सडकमा कालोपत्रेको काम थालिएको हो । पूर्वाधार विकास कार्यालय डडेल्धुराको करीब ५२ करोड रुपैयाँको लागतमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । हाल सडकको चौडा गर्ने र पर्खाल लगाउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउद

सिएसटी प्रविधिमा सडक कालोपत्रे भइरहेको छ । सडक कालोपत्रे भएपछि भित्री मधेशका आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकाका साथै भागेश्वर गाउँपालिकाकाको वडा नम्बर १ र २ का केही गाउँका स्थानीय लाभान्वित हुने परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउदले बताउनुभयो । खोलामा पुल निर्माण नहँुदा वर्षातको समयमा यात्रुलाई केही असजिलो हुने भएकाले पुल निर्माण गर्नका लागि पहल गरिरहेको उहाँको भनाइ थियो ।

आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ

जिल्लाकै आधा जनसङ्ख्या रहेको भित्री मधेश क्षेत्रको प्रमुख सडकका रुपमा रहेको यो सडक कालोपत्रे भएपछि बाह्रै महीना सहजरूपमा यातायात सञ्चालन हुने आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङको भनाइ छ । स्थानीय उत्पादनलाई सहजरूपमा अन्यन्त्र पठाउन पनि सहज हुने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here