मेजर अजितप्रताप सिंह ब्राउन सुगरसहित पक्राउ

काठमाडौं । नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् ।

इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतना छेऊबाट सिंहलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले उनलाई शनिबार पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार उनको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ ।

सैनिक स्रोतले मेजर सिंह साँझ ६ बजे पृतनाबाट बाहिर निस्किएको पुष्टि गरेको छ । स्रोतले भन्यो ‘उहाँलाई पृतना बाहिर सर्पदंश केन्द्र छेउबाट प्रहरीले लगेको सूचना आएको छ ।’

घटनाबारे जानकारी प्राप्त भएलगत्तै सैनिक प्रहरीको टोली नेपाल प्रहरीसँग समन्वयका लागि निस्किएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here