काठमाण्डौं । सरकारले तयार गरेको बजेट कार्यान्वयन कार्ययोजनाअनुसार आगामी मंसिरसम्ममा उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता हुनेछ।
यो व्यवस्थाअनुसार भुक्तानीकर्ताको बैंक खातामा फिर्ता रकम जम्मा हुनेछ। त्यसरी जम्मा हुने रकममा अग्रिम कर कट्टी नहुने बजेटमा उल्लेख छ।