चितवन ।ज्ञानेन्द्र शाही चितवनमा कुटिएका छन् । उनलाई प्रहरीले उद्दार गरेको छ । प्रहरी समयमा नआएको भए उनी ज्यादै नराम्ररी कुटिने थिए ।
चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेका साहीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले कार्यक्रम गर्न दिँदैनौ भन्दै कुटपिट गरेका थिए ।
युवाहरुले शाही चढने गाडीमा समेत तोडफोड गरेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।