सिन्धुलीमाढी । सिन्धुलीको कमलाखुँज क्षेत्रका बासिन्दा जङ्गली हात्तीबाट आतङ्कित बनेका छन् ।
पाँच वटाको समूहमा यहाँ आइपुगेका जङ्गली हात्तीले हिड्दा हिड्दै गर्दा सिन्धुलीका बिभिन्न ठाउँमा घर भत्काउँदै र किसानले लगाएको बालीनाली नष्ट गरेर आतङ्कित बनाउन थालेका छन् ।

कमलाखुँज क्षेत्रअन्तर्गत पर्ने दुधौली नगरपालिकाको वडा नं. १ गिचिहानीमा आएका दुई वटा हात्तीले पाँच वटा घर भत्काएको उक्त वडाका सचिब हेरम्बराज अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार घर भत्किने पीडित घरपरिवारमा जगदिश काफ्ले, राजु बस्नेत, माइली धामी, शुक्र कुँमर र अर्जुन सापकोटा रहेका छन् ।