बाँके । बाँके प्रहरीले पछिल्लो दुई दिनमा पाटेबाघ र चरिबाघको छाला सहित चार जनालाई पक्राउ गरेको छ ।
बाँकेको बैजनाथ गाउँपालिका ४ को तिलकपुरबाट अछाम मेललेख घर भएका डम्बर बुढा र अछामको रामारोशन घर भएका नन्दु बुढालाई दुईथान पाटेबाघको छाला सहित आज पक्राउ गरिएको प्रहरीले दावी गरेको छ ।
यसअघि बिहीबार दाङबाट ल्याउँदै गरिएको चरिबाघको छाला सहित दुईजनालाई बाँकेको कुसुमबाट स्कुटर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।