काठमाडौँ । झण्डै साढे चार महिनापछि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि असोज १ गतेबाट खुला गरिएको छ ।
कोरोना संक्रमण बढेसँगै र बाघले आतंक मचाउन थालेपछि गत बैशाख १५ गतेदेखि निकुञ्जभित्र पर्यटकलाई प्रवेशमा रोक लगाइएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठद्धारा जारी विज्ञप्तिमा कोभिडको प्रभाव कम हुँदै गएपछि निकुञ्जभित्र हात्ती सफारी बाहेकका अरु साधनबाट पर्यटकलाई निकुञ्ज खुला गरिएको जानकारी दिएको छ ।
नेपाल सरकारले तोकेका स्वास्थ्यका मापदण्डलाई पालनमा भने कडाई गरिने भएको छ । स्वास्थ्यका मापदण्ड पालना गरी जंगल सफारी, जंगल वाक, डुंगा विहार, क्याम्पिङ, फिसिङ गर्न दिइने निकुञ्जले जनाएको छ ।
निकुञ्जद्धारा जारी गरिएको विज्ञप्ति ।
