कोशीको मकुना हात्तीलाई स्थानान्तरण गरिनेछ : डा. कँडेल

काठमाडौँ । कोशी टप्पु वन्यजन्तु आरक्ष वरीपरीको वस्तीमा आतंक मच्चाई रहेको समस्याग्रस्त मकुना हात्तीलाई त्यहाँबाट अन्यत्र स्थानान्तरणको प्रयास भइरहेको छ ।

केही दिन अघि कोशी टप्पु वन्यजन्तु आरक्षको फिल्ड निरीक्षण गरेर फर्किनुभएका वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले भने, कोशीमा हात्तीको समस्या देखियो । आरक्षको क्षेत्रफल नै सानो छ । त्यसमा पनि कोशीको बगर क्षेत्र बर्खाका बेला बाढीले वन्यजन्तुको बासस्थान पुरै डुब्छ । अनि वन्यजन्तु ओभानो ठाउँ खोज्दै हिड्छन् । त्यसैले त्यहाँको मकुना हात्तीको उचित व्यवस्थापन गर्न जरुरी देखिएको छ ।

के हुन सक्छ त मकुना हात्तीको व्यवस्थापन ? नेपालकथाको जिज्ञासामा सचिव डा. कँडेलले भने, अब त्यसलाई अरु पार्कतिर स्थानान्तरण गरेर भएपनि समस्या समाधानतर्फ सोच्नुपर्ने भइसकेको छ ।

मकुना व्यवस्थापनका लागि सबै विकल्पहरुको अध्ययन गर्नका लागि मन्त्रालयले छिटै निर्णय गर्ने पनि उनले बताए । सचिव कँडेलले भने, कोशीटप्पु संरक्षणका लागि नेपालकै एक नमूना संरक्षण क्षेत्र हो तर पछिल्ला दिनमा त्यहाँ देखिएको हात्तीको समस्याले मन्त्रालयलाई चिन्तित तुल्याएको छ । हामी चाँडै कुनै न कुनै निर्णयमा पुग्नेछौँ ।

डा. कँडेलका अनुसार मन्त्रालयले चाँडै विभागसहितको टोली अध्ययनका लागि पठाउने तयारी गरिरहेको छ । उपर्युक्त विकल्प स्थानान्तरण हुने देखियो भने त्यो पनि गर्न सकिन्छ ।

मकुना विगत केही वर्ष यता कोशी टप्पुमा स्थायी रुपमा बस्दै आएको छ । यसले विगतमा भारत र नेपालमा ठूलो धनजनको क्षति पु¥याइसकेको छ ।

मकुनालाई रेडियो कलर पनि गरिसकेको छ । गत वर्ष मकुनालाई गोली हानी मार्नेसम्मको स्थानीय प्रशासनले निर्णय गरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग तथा वन तथा वातावरण मन्त्रालयमा सिफारिस समेत गरेको थियो । तत्कालिन अवस्थामा आरक्ष प्रशासनले विना अध्ययन ‘मकुना हात्ती पागल’ भएको भन्ने टिप्पणी उठाई गोली हानी मार्न मनाशिब भएको सिफारिस विभागलाई गरेको थियो ।

संरक्षण अभियानमा लागेको अभियन्ता, विषय विज्ञहरुले विना अध्ययन हात्तीलाई मार्न नमिल्ने भन्दै चर्काे आलोचना गरेका थिए । त्यसपछि यसको व्यवस्थापन गर्न मन्त्रालयले हात्तीमा विद्यावारिधि गर्दै आएका अशोककुमार रामलाई कार्यालय प्रमुख बनाएर सरुवा गरेको थियो । अशोकको नेतृत्वमा मकुनालाई नियन्त्रण लिने बिभिन्न पटक प्रयास गरे पनि सफल हुन सकेको छैन । चौबिसै घण्टा गस्ती टोली मकुनाको पछाडि लगाउने गरेको आरक्ष प्रमुख अशोककुमार रामले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here