बाघ गणनाका लागि समन्वय बैठक सम्पन्न

काठमाडौँ । बाघ गणना २०२२ का लागि स्थानीय स्थलगत कार्यदलको बैठक चितवनमा मंगलबार सम्पन्न भएको छ ।

चितवन राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार
बैठकमा बाघ गणनासँग सरोकार राख्ने सबै निकाय, संस्था तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकले बाघ गणनाका लागि आ आफ्नो तर्फबाट सबैले सक्दो सहयोग, समन्वय गर्ने निर्णय भएको छ ।

बैठकमा बाघ गणना जस्तो महत्वपूर्ण राष्टिय कार्यक्रम सफलताका लागि सबै चुनौतीलाई समाधान गर्न समन्वयकारी भूमिका खेल्न निकुञ्ज प्रशासनलाई सरोकारवालाहरुले आग्रह गरेका छन् ।

चितवन तथा पर्सा राष्टिय निकुञ्ज प्रशासन, नेपाली सेना, नवलपुर, चितवन, मकवानपुर डिभिजनल वन कार्यालय, संरक्षण साझेदार संस्था, मध्यवर्ती क्षेत्र तथा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

समन्वय समितिको बैठकले बाघ गणनामा खटाइने निकुञ्ज, वन, हात्तीसारका कर्मचारी, सहयोगी संस्थाका प्राविधिक टोली, मध्यवर्ती क्षेत्र सामुदायिक वनका प्रतिनिधि, नेचर गाईडका बारेमा पनि छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here