छ हात्ती मार्ने तीन जना पक्राउ

ताञ्जानिया । ताञ्जानियाको एक राष्ट्रिय निकुञ्जमा गएका चौध महिनामा छ ओटा हात्ती मरेका छन् । ती हात्ती मरेको नभएर मारिएको पाइएको छ र हात्ती मारेको आशंकामा तीन जनालाई पक्राउ पनि गरिएको छ ।
ताञ्जानियाको सो राष्ट्रिय निकुञ्जमा गएको चौध महिनाको अवधिमा छ ओटा हात्ती मारिएका र त्यसमा तस्करको हात रहेको अनुसन्धानबाट खुलेको थियो । सो राष्ट्रिय निकुञ्जमा सन् २०२२ को जनवरीदेखि सन् २०२३ को फेब्रुअरीसम्म ती हात्ती मारिएका थिए । 

सो निकुञ्जका संरक्षण अधिकृतले उक्त कुराको जानकारी दिएका हुन् । उहाँले गएको चौध महिनाको अवधिमा हात्ती मारिएको घटनामा संलग्न भएको आशङ्कामा तीन जना तस्करलाई पक्राउ गरिएको पनि जानकारी दिनुभयो ।

ती व्यक्तिलाई प्रहरीले गत फेब्रुअरी २८ मा नियन्त्रणमा लिएको र अनुसन्धान थालेको जानकारी पनि उहाँले दिनुभयो । उता यहाँको प्रशासनले एकै निकुञ्जमा यति धेरै हात्ती मार्नसक्ने गरी घटना हुनुको पछाडिको अनुसन्धानका लागि पनि टोली गठन गरेको जनाएको छ । 

निकुञ्जका हात्ती तथा अन्य जनावरको सुरक्षा र संरक्षणका लागि यहाँको वन तथा वन्यजन्तु सम्बन्धी प्रशासनले आवश्यक नीति निर्माणका लागि सबैको ध्यानाकर्षण पनि गराएको छ । 
Photo Credit : African-savanna-elephant.web

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here