मन्त्रीदेखि पिएसम्मले छाडे गोही

चितवन । गोही प्रजनन केन्द्र कसरामा हुर्काइएका १२ वटा घडियाल गोही राप्ती नदीमा छाडिएका छन् ।

बाघ गणनाको उद्घाटन गर्न चितवन पुगेका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले एउटा गोही नदीमा छाडेका छन् । त्यसैगरी मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले पनि एउटा गोही राप्ती नदीमा छाडेका छन् ।

१२ वटा गोही नदीमा छाडिएका छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्ज विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल, प्रदेश २ का वन सचिव बिन्दु मिश्रले पनि एक÷एक घडियाल गोही नदीमा छाडेका छन् ।

त्यसैगरी चिवतन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, खड्गदल गुल्मका गल्मपति शशीकुमार कार्की, एनटीएनसी चितवनका प्रमुख डा. बाबुराम लामिछाने पनि एक÷ एक गोही नदीमा छाडेका छन् ।

त्यसैगरी गोही छाड्नेमा मन्त्री यादवका सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान र उनका पिए कृष्ण यादव पनि रहेका छन् ।

राप्ती नदीमा छाडिएका सबै गोही २०७४ साल असारमा जन्मिएका हुन् । हालसम्म प्रजनन केन्द्रमा हुर्काएर ७७४ वटा गोही राप्ती नदी र नारायणी नदीमा छाडिसकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here