‘बाघ बिनाको चितवन सम्भव छैन’

चितवन । चितवनबाट बाघ गणना २०२२ सुरु भएको छ । कार्यक्रमको वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले बाघ गणनामा प्रयोग गरिने क्यामरा अनावरण तथा अन गरेर उद्घाटन गरेका छन् ।

यो वर्षको बाघ गणना ऐतिहासिक भएको उनले बताए । अघिल्लो २०१८ को गणनामा अनुसार नेपालमा बाघको संख्या २३५ भएकाले अब २५० पुग्ने विश्वास उनले गरे ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालका सचिव डा. पेमनाराण कँडेलले नेपालले आफ्नो प्रतिवद्धता पूरा गरेर संसारलाई संरक्षणमा नेपालले नयाँ सन्देश दिन खाजेको बताए ।

उनले संरक्षण मैत्री विकासका संरचना निर्माण गर्नुपर्ने सुझाव पनि दिए । नीतिगत रूपमा नेपालले संरक्षणमा उल्लेख्य प्रगति गरेको बताउँदै डा. कँडेलले नेपालको संरक्षणको मोडल संसारकै उत्कृष्ट भएको दावी गरे ।

विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलले यस पटकको बाघ गणनाले नेपाललाई विश्वमा थप चिनाउने विश्वास व्यक्त गरे ।

बाघ बिनाको चितवन कल्पना गर्न सकिन्न

कार्यक्रममा वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बाघ संरक्षणमा स्थानीय बासिन्दा, स्थानीय तहको अहम् भूमिका रहेको बताए ।

रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनले बाघको बिनाको चितवन कल्पना पनि गर्न नसकिने बिचार व्यक्त गरे ।

उनले भने, चितवन भनेकै बाघको बासस्थान हो । अघिल्लो पटक गैँडा बढेको खवर सुन्न पाइयो, यो पटक बाघ बढेको खबर सुन्नका लागि चितवनबासी आतुर छन् ।

उनले अगाडी भने, गैडा, बाघ बढेको खबरले यहाँका होटल व्यवसायी मात्र नभई पान पसल गरेर जीवन गुजरा गर्ने व्यक्तिको पनि मुहार खुसी देखिन्छ । त्यसैले हामीले पनि बाघ संरक्षणका लागि नगरपालिकाले पनि लगानी गरिरहेको छ ।


सहयोगको सदुपयोग भएको छ

कार्यक्रममा संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरुले नेपाललाई संरक्षणमा गरेको सहयोगको सदुपयोग भएको बिचार व्यक्त गरे ।

जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा. हेमसागर बरालले बाघ, गैँडा तथा हात्ती जस्तो दुर्लभ वन्यजन्तुको संरक्षणका लागि नेपाल सरकारलाई गरेको सदुपयोग भएको धारणा राखे । उनले भने, हामी पनि यस ऐतिहासिक काममा सहयोग गर्न पाएकोमा खुसी छौँ । हामीले गरेको सहयोगको सदुपयोग होस् ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले नेपाल सरकारले ४५ प्रतिशत वन क्षेत्र पु¥याउने घोषणा गरेको भन्दै अब बिस्तार हुने क्षेत्रमा पनि बाघको बासस्थान बिस्तार गर्नु पर्ने बताए ।

उनले भने, नेपाल सरकारले हाल अवलम्बन गरेको संरक्षणको नीतिले प्रतिफल राम्रो देखाइरहेको छ । त्यसैले संरक्षण साझेदार संस्थाहरुले गरेको सहयोगको सदुपयोग भएको देखिएको छ ।

एनटीएनसीका सदस्य सचिव शरद अधिकारीले दुर्लभ वन्यजन्तुको संरक्षणमा नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रममा सहयोग पु¥याउने एनटीएनसी सदैब तयार रहेको बिचार व्यक्त गरे ।

बाघ पाइने विश्वका १३ वटा मुलुक मध्येका नेपालले आफ्नो प्रतिवद्धता पूरा गर्छ कि गर्दैन भनेर विश्व समुदायले हेरिरहेका बेला नेपालले बाघ गणनाको कामलाई सुरु गरेको छ ।

विश्वभरीका बाघ पाइने मुलुकहरुको सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ सम्मेलनमा सबै मुलुकहरुले तत्कालिन अवस्थामा आफ्नो मुलुकमा रहेको बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

थप कुरा प्रेस विज्ञप्तिबाट

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here