कोहलपुर । बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ५ गायत्री टोल यामबहादुर बिश्वकर्मा समेत तीन जना चितुवाको छाला सहित प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका वडा नम्बर ३ छप्रेला बजारबाट चितुवाको जस्तो देखिने १ थान छाला र हड्डीहरू सहित सुनिल सार्कीलाई सोमबार बिहाना प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी छप्रेला ताजाबाट गस्तीमा खटिएको प्रहरीले छप्रेला बजारस्थित पसलमा शंकाष्पद अवस्था रहेका सुनिललाई जाँच गर्दा उक्त छाला र हड्डी फेला पारी पक्राउ गरेको हो ।