सरकारी गाडी दुर्घटना, एसपी बलराम पोखरेलेको मृत्यु

काठमाडौँ । पिकनिकबाट फर्किदै गरेको सरकारी गाडी दुर्घटना हुँदा बारा जिल्लामा कार्यरत शसस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलेको मृत्यु भएको छ भने गाडीमा सवार प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई शख्त घाइते भएका छन् । मृत्यु भएका एसपीको शब विरगञ्जस्थित अल्पाइन अस्पतालमा राखिएको छ । शनिवारको दिन पारेर कर्मचारी मिलन केन्द्र बाराले पिकनिकको आयोजना गरेको थियो र सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रमुखले पनि सहभागिता जनाउनुभएको थियो ।
बा १ झ १६३३ नम्वरको सरकारी गाडी सडकमा रोकि राखेको ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार अन्य घाइतेको अवस्था पनि गम्भीर रहेको प्रदेश २ का प्रहरी प्रमुख हरि पालले जानकारी दिनुभएको छ । प्रजिअ भट्टराईको उपचार निकै जटिल बन्दै गएको बताइएको छ । दुर्घटना हुने कारण बारे हालसम्म प्रहरीले केही नजाएपनि प्रत्यक्षदर्शीका अनुसार गाडी धेरै टाढाबाट अनियन्त्रित गतिमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here