मृग सहित शिकारी पक्राउ

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ७ बालेश्वर जंगलबाट १ थान भरुवा बन्दुक र मारेको मृग सहित एक जना शिकारी पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार सोही गाउँका स्थानीय दिलबहादुर श्रेष्ठलाई मृत अवस्थाको मृग सहित पक्राउ गरिएको हो ।

जंगलभित्र सधैँजसो शिकार हुने गरेको सूचना पाएको आधारमा अस्थाई प्रहरी पोष्ट पिलुवा खोलाबाट खटिएको प्रहरीले श्रेष्ठलाई मृग मारी घरतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here