लायन्सले बनायो हिड्नयोग्य बाटो

काठमाडौँ । लायन्स क्लव डिस्ट्रिक एच अन्तर्गतको दुईवटा क्लब काठमाडौ वाग्मती र रानीपोखरी मिलेर सिनामगंलबाट एयरपोर्ट जाने क्षेत्रमा झाडी सरसफाई कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो क्षेत्र बिहान र साँझ स्वास्थ्यको लागि हिड्न बनाइइको दुई लेनको बाटोमा १५० मिटर झाडी सफाई गरेर दुबै तर्फ हिड्नयोग्य बनाईएको छ । बर्खाका बेला झाडी तथा ठूल्ठूलो घाँसपात उम्रेर मर्निङ वाकमा हिड्ने मानिसहरु मेन सडकमा हिड्नु पर्ने बाध्यता र त्यसरी हिड्दा दुर्घटना हुने डर भएकाले

उक्त बाटोमा झाडी ठुलो भएर हिड्न नसकिने भएकोले गर्दा डिस्ट्रिकको वातावरण संयोजक लायन सौरभ श्रेष्ठको सयाेंजकत्वमा सो कार्यक्रम सुरुवात गरिएको हो । यो क्षेत्रमा हरेक शनिबार बिहान लायन्स सदस्यहरु मिलेर झाडी सरसफाई गर्ने गरेका छन् ।

लायन्स क्लब अफ काठमाडौ वाग्मतीका अध्यक्ष लायन करुणा शाक्यले यो कामको सुरुवात मात्र भएको र हरेक शनिबार सफा गरेर पशुपति जाने गेट सम्मै सफा गर्ने जानकारी गराउनु भएको छ ।

लायन्स क्लब अफ काठमाडौ रानीपोखरीका नारायणी लामिछानेले सफाई कार्यमा अरु क्लबहरु पनि बिस्तारै सहभागी गराई ब्यापक बनाईने योजना रहेको बताउनु भएको छ ।

उक्त कार्यक्रममा वडा नं ९ का दुई जना वडा सदस्य श्रृजना भेटवाल र टेकराज अधिकारी पनि स्वयं सेवा गर्न आउनु भएको थियो ।

उहाँहरुले सामाजिक काममा लायन्स क्लबले राम्रो कामको थालनी गरेको बताउँदै आगामी दिनमा महानगरबाट पनि कर्मचारीहरु सलंग्न गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here