चीनमा वन्यजन्तु अपराधको डरलाग्दो दृश्य, नब्बे हजार व्यक्ति पक्राउ

बेइजिङ । चिनियाँ प्रहरीले पछिल्ला दुई वर्षमा वन्यजन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ गरी अनुसनधान गरेको छ ।

चीनको एक सार्वजनिक सुरक्षा अधिकारीका अनुसार प्रहरीले सन् २०२० देखि २०२२ सम्म वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा बढी आपराधिक मुद्दाको अनुसन्धान गरेको छ भने सोही अवधिमा ९० हजार जनालाई सोही प्रकृतिको अपराधमा पक्राउ गरिएको छ । मुद्धाको संख्या र अपराधमा संलग्न व्यक्तिको संख्या हेर्दा वन्यजन्तुको चोरी तस्करीमा चिनियाँहरुको संलग्नता निकै डर लाग्दो देखिएको छ ।

बितेका तीन वर्षमा १३ लाख सात हजार वन्यजन्तु तथा एक लाख ८० हजार किलोग्राम वन्यजन्तुजन्य वस्तुका महत्वपूर्ण अंगहरु बरामद भएका चीनको सार्वजनिक सुरक्षा मन्त्रालयअन्तर्गतको खाद्य तथा लागूऔषध अपराध अनुसन्धान विभागका प्रमुख ल्यु वुकिनले यहाँ आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । 


उक्त अवधिमा मन्त्रालयको अनुसन्धानमा रहेका सबै मुद्दा निरुपण गरिएको जानकारी उनले दिएका छन् । उनले सञ्चारकर्मीहरुको जवाफमा चीन भित्र यति ठूलो संख्या र पक्राउ परेका अंगहरुको स्थिति हेर्दा निकै डर लाग्दो स्थिति भएको स्वीकार गरे । उनले भने, वन्यजन्तुसम्बन्धी अपराध अन्त्य गर्न चीनले दुई वर्षअघि देशव्यापी रूपमा थालिएको अभियानको परिणामको हो ।” 


अभियानअन्तर्गत राष्ट्रिय निकुञ्ज, चिडियाखाना, सर्कस, पशुपालन र प्रचार क्षेत्रलाई लक्ष्य गरी अनुसन्धान गरिएको तथा त्यस क्रममा गैरकानुनी रूपमा पालिएका एक लाख २० हजारभन्दा बढी वन्यजन्तुलाई मुक्त गरिएको विभागले जनाएको छ । 

(स्रोत ः बिभिन्न समाचार एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here