पाँच वर्षमै यसरी थुप्रिए दुर्लभ वन्यजन्तुका आखेटोपहार

काठमाडौँ । २०७४ सालसम्म नियन्त्रणमा लिइएका बिभिन्न वन्यजन्तुका आखेटोपहार कसरामा भव्य समारोहकाबीच जलाइएपछि पछिल्ला पाँच वर्षमा उत्तिकै संख्यामा आखेटोपहार जम्मा भइसकेका छन् ।

हाल जम्मा भएका दुर्लभ वन्यजन्तुका अङ्गहरु मध्ये सबैभन्दा धेरै एकसिङे गैंडाको खाग रहेका छन् । ती खागहरु प्राय जसो चोरी शिकारीले ओसारपसार गर्दै गर्दा बढी मात्रामा पक्राउ परेका हुन् ।

निकुञ्ज कार्यालय चितवनका अनुसार प्राकृतिक कारणले मरेका गैंडा र चोरीशिकारको क्रममा नियन्त्रणमा लिएका, ओसारपसारका क्रममा नियन्त्रणमा लिएका गरी निकुञ्जको कसरामा १९९ वटा खाग रहेका छन् । गैंडाको खाग जस्तै नक्कली खाग बनाई बिक्री गर्न लाग्दा पक्राउ परेका पाँच वटा खाग र गैंडाको खुर एकहजार ८६८ वटा पनि कसरामा राखिएका छन् ।

हाल भण्डारमा राखिएका वन्यजन्तुका अंगहरुमा बाघको छाला २० वटा, चितुवाको छाला ११५ वटा रहेका छन् ।
त्यसैगरी रेडपाण्डाको छाला ६४ वटा, गोहीको छाला तीन वटा, हात्तीको दाह्रा ४५७ वटा, ध्वाँसे चितुवाको छाला सात वटा, कस्तुरीको विना १२ वटा रहेको कुरा चितवन राष्ट्रि«य निकुञ्ज कार्यालय चितवनले जानकारी दिएको छ ।

हाल भण्डारमा कछुवाको खपडा १५ वटा, सालकको खपटासहितको अन्य वन्यजन्तुका छाला सात वटा रहेका छन् ।
त्यसैगरी बाघको हड्डी १२० किलो, भालुको पित्त २३ वटा, भालुको छाला तीन वटा, चरीबाघको छाला पाँच वटा, निगाले बाघको छाला, अजिङ्गरको छाला, चितुवाको हड्डी, हिउँ चितुवाको छाला, कस्तुरीको खुट्टा, हिउँ चितुवाको पञ्जा, पुच्छर, जुङ्गालगायत संरक्षित जनावरको छाला, हड्डी, बहुमुल्य आखेटोपहार रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here