काठमाडौँ । राष्ट्रियताका बिषयमा स्पष्ट र सुझबुझपूर्ण धारणा राख्दै आउनु भएका नेकपा नेता भीम रावलले सरकार र सि के रावतबिच भएको सहमतीको भाषाका बारेमा कडा आपत्ती जनाउनुभएको छ ।
रावल सत्तासिन पार्टीका प्रभावशाली नेता मानिनुहुन्छ । उहाँले बेला बेला गरेको टिप्पणीले पार्टीमा बहस, छलफल चलाउने गरेको छ । शुक्रवार सरकार र सिके राउतबीच भएको सहमतिको भाषा प्रति नै नेता रावलले टिप्पणी गर्नुभएको छ । सरकारले सिके राउतसँग ११ बुँदे सहमति गरेपछि नेता रावलले ट्वीट गर्दै सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो भन्दै गम्भीर प्रश्न उठाएका हुन ।
नेता रावलले विगतमा सिके राउतले देश टुक्र्याउने भनि गरिएका कुरा गलत थिए पनि नभनिएको भन्दै यस्तो नभनिनुको रहस्य भएको आफ्नो स्पष्ट धारणा राख्नुभएको छ । नेता रावलले आफ्नो स्विटमा लेख्नुभएको छ,‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो रु देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्र्याउने भनि गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनि नभनिनु को रहस्य खोजौं ।’
स्मरणीय छ, नेता रावलले गरेको टिप्पणीको नेकपाभित्र माधब नेपाल पक्षले बचाउ गर्ने गरेको छ भने प्रधानमन्त्री केपी ओली पक्षले भने रावलका सकारत्कक टिप्पणीको पनि बिरोध गर्ने गरेको छ ।