हिमपहिरोमा परेर सात जनाको मृत्यु

काठमाडौं । भारत सिक्किमको नाथुला भन्ने स्थानमा हिमपहिरोमा परेर सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली पनि रहेका छन् । ती सबै सात जना व्यक्ति पर्यटक हुन् ।

मृत्यु हुनेमा चितवन घर भएका शिवप्रसाद लामिछाने र आशिका ढकाल, रुपन्देहीका मुना शाह श्रेष्ठ भएको भारतीय सेनाले जनाएको छ ।

मृत्यु भएका अन्य व्यक्तिहरु उत्तर प्रदेश, पश्चिम बंगाल र कोलकत्ताका रहेको बताइएको छ । भारतको गान्तोक नाथुला सडकमा मंगलवार दिउँसो हिमपहिरोमा परेर दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले आफ्ना समाचारमा उल्लेख गरेका छन् ।

सो पहिरोमा परेका कम्तीमा २० जनालाई जीवितै उद्धार गरिएको भारतीय सेनाले जनाएको छ । पहिरोमा परेर घाइते मध्ये अन्य १८ जनाको अवस्था गम्भीर रहेको पनि सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here