बाँकेको बाघ भोकले मर्यो कि रोगले ?

नेपालगञ्ज । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ भित्रको अशोक सामुदायिक वनभित्र पाटेबाघ मृत फेला परेको छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाहिरिएको बुढो बाघ डिभिजनल वन कार्यालय बाँकेको क्षेत्रमा मृत अवस्थामा फेला परेको हो ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले बाघ मरेको अवस्थामा फेला परेको जानकारी दिए । बाघको सबै अंगहरु सुरक्षित रहेका छन् । बुढो बाघ सिकार गर्ने क्रममा निकुञ्ज क्षेत्रबाट बाहिरिएको र शिकार गर्न नपाएर मरेको हुन सक्ने प्रमुख कर्णले बताए ।

उनका अनुसार बाघको अवस्था हेर्दा बाघ निकै अशक्त अवस्थाको बुढो भइसकेको थियो । यस अघि यो क्षेत्रमा यो बाघले गाउँका गाई, गोरु र बाख्र्रा खाँदै आएको थियो । गाई, गोरु खाने र फेरी जंगलभित्र पस्ने क्रमसँगै बाघ मृत अवस्थामा फेला परेको हो । मृत अवस्थामा फेला परेको बाघ वस्ती देखि पाँच सय मिटर भित्रको जंगलमा रहेको थियो ।


बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहका अनुसार बाघ भोक वा रोग मध्य एउटा कारणले मरेको हो । उनले भने, बाघ मृत फेला परेको हो । उसको सबै अंगहरु यथावत छन् । बुढो भएकाले बाघ भोकले वा रोगले मरेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here