रक क्लाइमिङ्ग रुटको सफाई

काठमाडौं, माघ १४ गते । बालाजु बाइपासस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण भएका १९ वटा पर्यटन रक क्लाइमिङ्ग रुटको सफाई गरिएको छ । आजभन्दा १८ वर्ष अघि निर्माण भएका ती १९ वटा रुट फोहर भएकाले ओहारदोहर गर्न कठिनाइ भएको थियो ।
रक क्लामिङ्ग सहज र सुरक्षित बनाउन थप ढुङ्गालाई खोपेर डोरीमा झुण्डिन मिल्ने गरेर सामग्री जडान गरिएको छ, जसबाट सहासिक खेल, पदयात्रा र पर्वतारोहणका लागि नभई नहुने रक क्लाइम्बिङ् विस्तार भएको जानकारी पर्यटन व्यवसायीले दिएका छन् ।


सो सफाइ कार्य पिके एभरेस्ट भ्यू ट्रेकिङका प्रबन्धक आङ पासाङ शेर्पा र शेर्पा एक्सपेडिसन प्रालिका माउण्टेन गाइड गेल्जे शेर्पाको पहलमा भएको हो ।
उहाँहरूका अनुसार रुट नम्बर १ देखि १८ सम्म भने सम्पूर्ण रूपमा सुरक्षित रहेको छ । क्लाइम्बिङको १९ वटा रुटमा रुट नम्बर १९ मा भने चट्टान खस्न सक्ने खतरा रहेको छ । यो सफाइ अभियानबाट सन् २०२० सालको भिजिट नेपाल तथा आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास पर्यटन व्यवसायीको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here