भ्रामक प्रचारप्रति आपत्ती

काठमाडौँ । केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नेपालको पदयात्रा तथा पर्वतारोहण र उद्धारसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै सो समाचार प्रति आपत्ती जनाइएको छ । पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले आफ्नो यस्ता समाचार प्रति खेद व्यक्त गरेको छ ।

टानका अध्यक्ष नवराज दाहालले एक विज्ञप्ति जारी गरी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको कार्यक्रमलाई नै प्रभावित तुल्याउने गरी भइरहेको अनर्गल प्रचारबाजीले समग्र पर्यटन क्षेत्रलाई असर पुग्ने भन्दै सम्पूर्ण राष्ट्रिय सञ्चार माध्यमलाई देशको पर्यटनको हितमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।
“विगतमा सरकारबाट यस सम्बन्धमा सबै प्रकारको निक्र्योल भइसकेको अवस्थामा देशको गौरवमय कार्यक्रम नेपाल भ्रमण वर्षलाई नै विफल बनाउन केही शक्ति अनर्गल प्रचारप्रसारमा लागेको देखिन्छ, यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छ” विज्ञप्तिमा भनिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘फेक रेस्क्यु’ सन्दर्भमा सत्यतथ्य छानबिन गर्न एक कार्यदल गठन गरी छानबिनपश्चात प्रतिवेदन समेत बुझाइसकेको छ । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले पदयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापमा पर्यटकलाई पर्नसक्ने प्राकृतिक वा अन्य विपत्तिबाट हुने क्षतिलाई न्यूनीकरण गरी खोज उद्धार तथा उपचार कार्यलाई सुव्यवस्थित गर्न “पर्यटन खोज उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि –२०७५” कार्यान्वयन गर्न एक कार्यदल गठन गरी उक्त कार्यदलले काम समेत अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here