एनसेलको गज्जबको डेटा प्याक

काठमाडौँ । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई सर्वसुलभ तरिकाको नयाँ अल टाइम प्याकको स्किम ल्याएको छ ।
एनसेलले आफ्ना ग्राहकका लागि गज्जबको डेटा प्याक नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ । यो स्किम अन्तर्गत एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबीदेखि ३ जीबीसम्मका बिभिन्न प्याकहरु लिन सक्नेछन् ।
यो स्किम सोमवारबाट लागु भइसकेको छ । यस स्किममा ग्राहकलाई एक दिनको समयसीमा रहेको ७५ एमबी डेटा प्याक १५ रुपियाँमा र तीन दिनका लागि समय सीमा भएको २०० एमबी डेटा प्याक ३५ रुपियाँमा लिन सकिने सो कम्पनीले जनाएको छ ।


त्यसैगरी ग्राहकले ५०० एमबीको डेटा प्याकलाई ७५ रुपियाँमा सात दिनसम्म चलाउन सक्ने छन् । धेरै डेटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाका लागि ३ जीबी ३५५ रुपियाँमा लिन सक्नेछन् ।
यो सेवा लिन ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी त्यस पछि आउने निर्देशन अनुसार लिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here