असिनाले हिउँदेबालीमा क्षति

रुकुम (पूर्व) । रुकुम (पूर्व) का विभिन्न स्थानमा परेको असिनाले गहुँ, जौँ र तरकारीबाली तथा फलफूललाई ठूलो क्षति पुर्याएको छ ।

यस वर्ष समयसमयमा हिउँदे वर्षा हुँदा हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आशमा बसेका किसान अहिले चिन्तित बनेका छन् । “सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँ बाली राम्रो भएको थियो”, किसान टेकप्रसाद रोकाले भन्नुभयो, “खेतबारीमा नै सेताम्य हुने गरी असिना परेपछि सबै बाली सखाप बनाइदिएको छ ।” पाक्नै लागेको गहुँबाली र फुल्नै लागेका फलफूलमा असिनाले ठूलो क्षति पु¥याएको किसानहरु बताउँछन् ।

जिल्लामा कूल क्षेत्रफलको चार हजार २०० हेक्टर क्षेत्रफल गहुँ उत्पादन हुँदै आएको छ । तर यहाँका कुनै पनि किसानले बाली बीमा गरेका छैनन् । त्यसैले वर्षेनी विभिन्न कारणले बालीनालीमा क्षति पुगे पनि किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । किसानले बाली बीमा नगरेकै कारण क्षतिपूर्ति पाउन नसकेको कृषि शाखा कार्यालय रुकुमकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here