ललितपुरमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला

ललितपुर । बाह्रौँँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला, २०७५ यही फागुन १६ देखि १९ गतेसम्म ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना हुने भएको छ ।

हाल अत्यधिक मात्रामा बढ्दै गएको रासायनिक मल तथा विषादीको प्रयोगले पर्यावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्दै गएको ठहर गरी त्यसको न्यूनीकरणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रले २०६३ सालदेखि उक्त मेला आयोजना गर्दै आएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

जैविक विविधताको ह्रासबाट माटोको प्राकृतिक जीवनमा नकारात्मक प्रभाव परेको, आजभोलि नाइट्रोजनयुक्त रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा नाइट्रोजनको मात्रा जम्मा भई माटोमुनि चुहिएर भूमिगत पानीसमेत दूषित भएको, बालीलाई कीराबाट बचाउन प्रयोग गरिने विषादीको अत्यधिक एवं असन्तुलित प्रयोगबाट उत्पादित वस्तु विषादीयुक्त हुनाको साथै पर्यावरणीय सन्तुलनसमेत बिग्रिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्राङ्गारिक कृषि उपज जनसमुदायसमक्ष परिचित गराउने, प्राङ्गारिक कृषि प्रणाली अपनाउन कृषकलाई प्रोत्साहन गर्ने, उपभोक्ता वर्गमा स्वस्थकर प्राङ्गारिक कृषि उपज उपभोग गर्न प्रोत्साहन गर्ने, निर्यातयोग्य प्राङ्गारिक कृषि वस्तुको पहिचान र प्रवद्र्धनमा सहयोग पु¥याउने, दिगो कृषि विकासको लागि प्राङ्गारिक कृषि पद्धतिको आवश्यकता बोध गराउने र प्राङ्गारिक कृषि व्यवसाय प्रबद्र्धन गर्न सहयोग पु¥याउने मेलाको उद्देश्य रहेको छ ।

हेल्भटास नेपालका अध्यक्ष भोला श्रेष्ठले उक्त मेलामा १२५ कक्ष हुने जानकारी दिनुभयो । “मेलामा नेपालका चार हजार कृषकलाई रैथाने बाली चखाउने योजना रहेको छ,” श्रेष्ठले भन्नुभयो, “करीब २५ लाख किसानले मेलाको अवलोकन गर्ने भएका छन् । ”

कृषि अनुसन्धान तथा ट्रेनिङ् सेन्टर (हसेराका) अध्यक्ष गोविन्द शर्माले रासायनिक मल र विषादीको प्रयोगले एक मिनेटमा १३ हजार हेक्टर जमीन मरुभूमिकरण भइरहेको जानकारी दिनुभयो । “हाल नेपालमा दुई हजार किसानले प्राङ्गारिक कृषि गरिरहेका छन्” शर्माले भन्नुभयो, “नेपालको ३६ लाख दुई हजार ६०० रोपनी जग्गामा प्राङ्गारिक कृषि उत्पादन भइरहेको छ, भने उपत्यकाको ४२ स्थानमा प्राङ्गारिक पसल खोलिएका छन् ।” सरकारले अबको १० वर्षभित्रमा नेपाललाई प्राङ्गारिक कृषिमा परिणत गर्ने नीति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here