काठमाडौँ । आइतबार साँझ बसेको मन्त्री परिषदको बैठकले कोरोना भाइरसबाट प्रभावित व्यक्तिका लागि राहतको प्याकेज ल्याएको छ ।
बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।
त्यसैगरी आइतबारको बैठकले खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । जसअनुसार मासिक १५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकको विद्युत महसुलमा २५ प्रतिशत छुट पाउनेछन् ।
विद्युत, खानेपानी, टेलिफोन शुल्कलाई फागुन र चैत महिनामा महसुल भुक्तानी वैशाख मसान्त बुझाएमा बिलम्ब भुक्तानी वा जरिवाना नलाग्ने पनि राहत प्याकेजमा छ ।
यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ चामल, पिठो, दाल, तेल, चीन लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिइने भएको छ ।