फोहोर फाल्नेलाई दण्ड दिन सिसी क्यामरा जडान

भक्तपुर । नदी किनारमा फोहोर फाल्ने प्रवृति बढेपछि सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकाको सिमानामा रहेको सूर्यविनायकमा रहेको कालाचा खोलामा दुई सिसी क्यामरा र एक मोनिटर जडान गरिएको छ । अरनिको राजमार्गमै जोडिएको कालाचा खोलामा पटक–पटक सफा गर्दा पनि यहाँका बासिन्दा र भक्तपुर नगरपालिका क्षेत्रका बासिन्दाले फोहर फाल्ने गरेको भन्दै सिसी क्यामरा जडान गरिएको हो ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री बस्नेतले खोला र अरनिको राजमार्गमा ठाउँ–ठाउँमा सिसी क्यामरा जडान गरिएकाले फोहर फाल्नेलाई अब नियन्त्रणमा लिएर कारवाही गर्ने बताउनुभयो ।

उहाँले हनुमन्ते सरसफाइमा भक्तपुर नगरपालिकाले साथ नदिएको तर फोहर फाल्नेलाई कारवाही पनि नगर्दा सफाइ भइरहे पनि फोहर गर्ने क्रम बढेको बताउनुभयो । सफा गर्न नसक्नेले अरुले सफा गरेको ठाउँमा फोहर गर्न नहुनेमा जोड दिँदै उहाँले कालाचा खोलामा अब फोहर फाल्नेलाई कडा कारवाही गरिने बताउनुभयो ।

कार्यक्रममा निर्माण व्यवसायी महासङ्घ भक्तपुरका अध्यक्ष निरञ्जन बजगार्इंले सरसफाइ अभियान चलाएको एक वर्ष नाघिसक्दा पनि अझै सचेत नहुने र जथाभावी फोहर फाल्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । त्यस अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सफाइ अभियानलाई निरन्तरता दिने बताउँदै जथाभावी फोहर नफाल्न आग्रह गर्नुभयो ।

हनुमन्ते सरसफाइ अभियानका अभियानकर्मीले कालाचा खोलामा पटकपटक सफाइ गरे पनि फोहर फाल्ने क्रम निरन्तर बढिरहेपछि फोहर फाल्नेलाई पक्राउ गरी आवश्यक कारवाही गर्न सिसी क्यामरा जडान गरिएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । क्यामरा र मोनिटर ज्योति विकास सहकारी संस्थाको सहयोग जडान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here