सर्वाेच्च बोल्यो : विदेशमा रहेका नेपालीलाई देशभित्र ल्याउनु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले लकडाउन गर्दा सीमा क्षेत्रमा रहेका नेपालीको अवस्था नाजुक भइरहेका बेला सर्वाेच्च अदालतले मुख खोलेको छ ।

सर्वोच्च अदालतले नेपाल(भारत सीमा र अन्य विदेशी मुलुकमा विपतमा परेर नेपाल आउन चाहने नेपालीलाई ल्याउन र ल्याउन नसके उनीहरूको खाने(बस्ने प्रबन्ध मिलाइदिन सरकारलाई आदेश गरेको छ।

अधिवक्ता मिना खड्का बस्नेत र माधव बस्नेतको एउटा र मनिषकुमार श्रेष्ठको अर्को रिट एकै साथ हेर्दै न्यायाधीश दीपक कुमार कार्की र मनोज कुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो।

विदेशमा खान(बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकको पहिचान गरी नेपाल फर्कन इच्छुकलाई सम्बन्धित मुलुकसँग कूटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नूर गराउनू, आदेशमा भनिएको छ, उक्त कार्य तत्काल सम्भव नभए उनीहरूलाई जहाँ छन्। त्यहीँ खान(बस्न र उपचारको यथोचित प्रबन्ध गरी नागरिकको हकहितको रक्षा गर्न आवश्यक पहल गर्नू।

‘सरकारको पहलमा विदेशबाट नगरी आएमा उनीहरूको अद्यावधिक लगत राखेर मात्र नेपाल प्रवेश गराउने र क्वारेन्टिनमा राख्नू’, सर्वोच्चको आदेशमा उल्लेख छ।

भारतको सीमामा रहेका नेपाली नागरिकलाई पनि मुलुकमा ल्याउन नसके उतै व्यवस्था गर्न सर्वोच्चले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here