बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

धरान । बस दुर्घटना हुँदा धरानमा ४ जनाको मृत्यु भएको छ। जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

धरानका डिएसपी सुमन तिमिल्सिनाका अनुसार भोजपुरबाट धरानका लागि छुटेको उक्त बस दुर्घटनामा परेको हो। घाइतेहरूको वीपी् कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here